दोस्रो विवाह गर्दै अञ्जु पन्त

बिएल संवाददाता

काठमाडाै‌ं
Sancharlaya

गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकी छिन्। उनले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन्।

गायक तथा संगीतकार मनोजराजसँगको सम्बन्ध टुटेपछी एक्लो जीवन बिताउँदै आएकी अञ्जुले छोरी परितोशिकाका कारण विवाह गर्न तयार भएको बताइएको छ।

आफूले विवाह गरेपछि आमा एक्लै हुने भएकाले परितोशिकाले विवाहको लागि अञ्जुलाई दबाब दिएको जनाएको छ।

करिब ८ बर्ष अगाडी थीरसगँ भेट भएको बताउने उनी ४ बर्षदेखि एकअर्काबीच राम्रोसँग चिनजान भएको अञ्जु बताउँछिन्। एक वर्षदेखि विवाहको कुरा चलेको उनको भनाइ छ।

‘उहाँको नाम जस्तै स्वभाव पनि उस्तै छ। शान्त, शालिन, भावुक हुनुन्छ। मलाई निकै चोखो माया गर्नुहुन्छ र त्यो मायाप्रति म आभारी छु’ उनले भनिन्।

अहिले दुई परिवारबीच विवाहको बारेमा छलफल भईरहेको छ तर विवाह हुने मिती भने खुलेको छैन्।

प्रकाशित मिति: : 2021-02-15 13:29:00

प्रतिकृया दिनुहोस्