सुशान्तका अर्का साथीले पनि आत्महत्या गरे

‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ फिल्ममा सुशान्त सिंह राजपुतको साथी सरदारको अभिनय गर्ने अभिनेता सन्दीप नाहरले मंगलबार आत्महत्या गरेका छन्।

मुम्बईको गोरेगावस्थित आफ्नो फ्लाटमा आत्महत्या गरेका थिए। यसअघि साँझ उनले सोसल मिडियामा ९ मिनेटको एउटा भिडियो तथा सुसाइड नोट पोस्ट गरेका थिए। उनले भिडियोमा श्रीमतीमाथि गम्भीर आरोप लगाएका छन्।

उनले आत्महत्या कसरी गरे भन्ने स्पष्ट भएको छैन। डीसीपी विशाल ठाकुरले भने, ‘सन्दीपको श्रीमती कञ्चनका अनुसार सन्दीपको शरीर झुन्डिएको अवस्थामा थियो। दुई जना मानिस लगाएर उनको शरीर तल झारिएको थियो।’

शरीरलाई पोस्टमर्डमको लागि अस्पताल पठाइएको छ। रिपोर्ट आएपछि मात्र थप जानकारी बाहिर आउने छ।सन्दीपले भिडियोमा श्रीमती र सासुमाथि गम्भीर आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2021-02-16 11:26:00

प्रतिकृया दिनुहोस्