शुक्रबार, ११ जुलाई २०२५

साफ च्याम्पियनसिप फाइनल: नेपालविरूद्ध भारतलाई २–० काे अग्रता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2021-10-16 22:13:00
News Image
• • •

माल्दिभ्समा जारी १३ औँ साफ च्याम्पियनसिप अन्तर्गत फाइनलमा भारतले लगाततर दुई गाेल गरकाे छ। राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा जारी खेलमा भारतले नेपालविरूद्ध २–० गाेलकाे अग्रता कायम गरेकाे हाे।

भारतका लागि कप्तान सुनिल क्षेत्री र सुरेश सिंहले १/१ गोल गरेका हुन्। उनीहरूले क्रमश ४८ औँ  र ४९  औँ  मिनेटमा गाेल गरे।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल पहिलाे पटक साफकाे फाइनमा पुगेकाे हाे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?