थप ९७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु 

थप ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार २६३ पुगेको छ। थप २ हजार ९३१ जनाको पिसिआर परीक्षण गरिएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६९ हजार ६१९ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ११४ सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर एक हजार ५८३ सक्रिय सङ्क्रमित रहेका छन्। हाल ६८ सङ्क्रमित क्वारेन्टिनमा छन्।

त्यसैगरी नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ।

हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ६१ पुगेको छ।    
 

प्रकाशित मिति: : 2021-02-19 16:51:00

प्रतिकृया दिनुहोस्