अपराजित रहँदै एपिएफ राष्ट्रिय महिला लिगको च्याम्पियन बन्याे

बिएल संवाददाता

काठमाडाै‌ं
ANFA
ANFA

विभागीय एपिएफ क्लब अपराजित रहँदै राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ। 

शुक्रबार लिगको अन्तिम खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपिएफको जितमा सरु लिम्बुले दुई तथा अनिता केसीले गोल गरिन्। 

४५औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई १–० ले अघि बढाइन्। 

८६औं मिनेटमा अनिता केसीले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाइन्। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सरु लिम्बुले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३–० को जित दिलाइन्।

१२ खेलमा एपिएफले १२ खेलमा नै जित दर्ता गर्न सफल भयो। एपिएफले लिगभर कुल ७७ गोल गर्दा एक गोलमात्र बेहोर्‍यो। एपिएफले पुलिसविरुद्ध एक गोल खाएको थियो। 

यता लिगमा दोस्रो भएको आर्मीले लिगको दुवै खेलमा एपिएफसँग हार बेहोर्‍यो। पहिलो राउन्डमा २–० ले हार बेहोरेको आर्मीले दोस्रो राउन्डमा दोस्रो राउन्डमा ३–० ले पराजित हुन पुग्यो।

उपाधिसँगै एपिएफले १५ लाख रुपैयाँ हात पारेको छ। दोस्रो भएको आर्मीले ८ लाख रुपैयाँ हात पारेको छ। तेस्रो भएको पुलिसले ५ लाख तथा चौथो भएको वालिङ नगरपालिका स्याङ्जाले ३ लाख रुपैयाँ प्राप्त गरेको छ।

प्रकाशित मिति: : 2021-02-19 18:04:00

प्रतिकृया दिनुहोस्