सन २००० मा मिस वल्र्डको ताज पहिरिदा प्रियंकालाई के भएको थियो?

Photo : IWMbuzz
Photo : IWMbuzz

बलिउड नायिका प्रियंका चोपडाले सन २००० मा मिस वल्र्डको ताज पहिरिने दिन अनौठो घटना भएको खुलाएकी छन्।

ताज पहिरिने उक्त दिन उनको दुर्घटना भएको कु्रा खुलाएकी हुन्।

स्टेजमा जानुभन्दा पहिले एउटा दुर्घटना भएको बताउदै उनीले दुर्घटनामा लागेको अनुहारको चोट छोप्न अनुहारमा कपाल झारेकी रहस्य खुलाईन्। 

अटोबायोग्राफीमा ताज पहिरिने दिनको बारेमा खुलाउँदै उनीले लेखेकी छिन्,'जब मैले मिस वल्र्डको ताज जितेकी थिँए। तब सबैले मेरो अनुहारमा झुन्डिएको कपाल देखेका होलान्। तर, मैले त्यो बेला उक्त कपाललाई निकै सुन्दर अन्दाजमा प्रस्तुत गरेकी थिएँ।'

 

प्रकाशित मिति: : 2021-02-21 05:31:00

प्रतिकृया दिनुहोस्