कर्णाली करिडोरको काम धमाधम टाढा रहेन सिमकोट

गोरखापत्र

सुर्खेत

कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको कर्णाली करिडोरको काम यतिबेला धमाधम भइरहेको छ। राष्ट्रिय राजमार्गले नछोएको हुम्लाका सदरमुकाम सुन्दर सिमकोट अब चाँडै सडक सञ्जालसित जोडिने छ।

कर्णाली करिडोरको विभिन्न खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो करिडोर निर्माणले गति लिएको हो। आगामी असारसम्ममा हुम्लाको सलीसल्लासम्म सवारी साधन सञ्चालन हुने गरी काम भइरहेको छ । यहाँबाट हुम्लाको सदरमुकाम सिमकोट पुग्न अब ५० किलोमिटर छ।

प्रकाशित मिति: : 2021-02-21 07:34:00

प्रतिकृया दिनुहोस्