एभर्टनसँग लिभरपुल पराजित

Photo : Twitter
Photo : Twitter

सन् १९९९ पछि पहिलो पटक इंग्लिस प्रिमियर लिग फुटबल एभर्टनले लिभरपुललाई उसकै मैदानमा हराएर ऐतिहासिक जित दर्ता गरेको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनले लिभरपुललाई २-० ले पराजित गरेको हो। एभर्टनका लागि तेस्रो मिनेटमा रिचार्लिसन तथा ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा गिल्फी सिगुर्डसनले गोल गरेका हुन्।

पराजित लिभरपुल २५ खेलबाट ४० अंकसहित छैटौँ स्थानमा छ। यता एभर्टन २४ खेलबाट ४० अंकसहित सातौँ स्थानमा छ।

शनिबार राति भएका अन्य खेलमा फुलह्यामले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गर्दा बर्नली र वेष्ट ब्रोमले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित मिति: : 2021-02-21 07:46:00

प्रतिकृया दिनुहोस्