साम्राज्ञीले शेयर गरिन् 'तिम्रो मेरो साथ' चलचित्र छायाङ्कनका फोटोहरु

Photo : Samragyee Rajya Laxmi Shah Facebook
Photo : Samragyee Rajya Laxmi Shah Facebook

नायिका साम्राज्ञी राज्यलक्ष्मीले शाहले आफ्नो फेसबुक मार्फत केही फोटोहरु सार्वजनिक गर्दै चलचित्र ‘तिम्रो मेरो साथ’को छायाङ्कन सम्पन्न भएको जानकारी दिएका छिन्।

पुष्प खड्कासगँ स्विमिङ पुलमा खिचाएका तस्विरहरु सार्वजनिक गर्दै उनले यस्तो जनकारी दिएकी हुन्। चलचित्रमा साम्राज्ञी र पुष्पको मुख्य भुमिका रहेको छ। पोखरामा एक गीतको छायांकनको क्रममा खिचाएका तस्विरहरु साम्राज्ञीले सेयर गर्दै लेखेकी छन्, 'आफ्नो कामप्रति प्रेम र उमंग भयो भने जे पनि गर्न तयार हुनुपर्छ।' 

बोधी एच डी र आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई रमेश एम् के पौडेलको निर्देशन गरेका हुन्। साम्राज्ञीको अलावा चलचित्रमा सरोज खनाल, सन्दीप क्षेत्री, खगेश्वर पुन लगायतका कलाकारको अभिनय रहेको छ।

 

प्रकाशित मिति: : 2021-02-23 16:21:00

प्रतिकृया दिनुहोस्