७५ दिनको पारिश्रमिक ५० करोड लिदै रणवीर

Photo : indianexpress
Photo : indianexpress

बलिउड अभिनेता रणवीर सिंहले छोटो समयमै राम्रो चर्चा कमाए। पछिल्लो समय उनले लगातार हिट फिल्म दिईरहेका छन्। 

चलचित्रहरू बक्स अफिसमा सफल भएपछि अभिनेता रणवीरले आफ्नो पारिश्रमिकसमेत बढाएका हुन्। हालसालै सर्कस चलचित्रको लागि उनले ५० करोड पारिश्रमिक लिएको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन्।

रोहित शेट्टीको निर्देशनमा बन्न लागेको चलचित्रको लागि रणवीरले ७५ दीनको समय छुट्टाएका छन्। चलचित्रमा रणवीर सँगै नायिकाद्धय ज्याकलिन फर्नान्डेज र पूजा हेग्डेको मुख्य अभिनय रहेको छ।

प्रकाशित मिति: : 2021-02-23 17:06:00

प्रतिकृया दिनुहोस्