गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
बिएल संवाददाता
कतार विश्वकपमा समूह ‘सी’को पहिलो खेलमा २-१ गाेलले साउदी अरेबियासँग पराजित भएकाे अर्जेन्टिना जितका लागि ठुलो दबाबमा छ।
शनिबार राति हुने दाेस्राे प्रतिस्पर्धा उसकाे लागि ‘गर वा मर’काे अवस्थामा रहेकाे छ। अर्जेटिनाले दाेस्राे खेल राति १२:४५ बजे मेक्सिकाेसँग खेल्दैछ। मेक्सिकोसँग हारे अर्जेन्टिनाले समूह चरणमै बाहिरिएर घर फर्किनकाे लागि जहाजकाे टिकट काटे हुन्छ।
अर्जेन्टिनाको ३० भन्दा बढी खेलमा अपराजित यात्रा र कतार विश्वकपमा ट्रफी उचाल्ने सपनामा साउदी अरेबियासँगकाे हारले ठुलो धक्का लागेको छ। यदि अर्जेन्टिना पुन: असफल भयो भने कतार विश्वकप उसकाे लागि निक्कै लज्जास्पद हुनेछ। भने, कप्तानी लियाेनल मेस्सीकाे करियरकै दुखद अन्त्य हुनेछ।
अर्जेन्टिनामाथि ऐतिहासिक जित निकालेपछि खुसी हुँदै साउदी अरेबियाले सार्वजनिक बिदा समेत दिएको थियो।अर्जेन्टिनाको रक्षापङ्ती सामान्यतया चट्टानझै बलियो छ र मेक्सिकोले गोल गर्न सफल भएमा यो अचम्मको कुरा हुनेछ। मेक्सिकोको डिफेन्स पनि राम्राे रहेकाे छ।
अर्जेन्टिनामा मेस्सी, एण्डेल डि मारिया, जुलियन अल्भारेज र इन्टरका साथी लाउटारो मार्टिनेज र जोकिन कोरेआ अट्याकिङमा रहेका छन्।
त्यस्तै मेक्सिकन आशाहरू धेरै हदसम्म स्ट्राइकर राउल जिमेनेजको काँधमा रहने छन्, जसले यस सिजन वोल्भरह्याम्प्टन वान्डरर्सका लागि केही समय मात्र सुरु गरेका छन्।
फिफा वरियतामा मेक्सिको १३औं साउदी अरेबिया ५१औं भन्दा धेरै राम्रो टोली हो। उनीहरूले लगातार आठ विश्वकप खेलेका छन् र कतारमा उनीहरूका फ्यानहरू सबैभन्दा धेरै रहेका छन्। तर, अर्जेन्टिना शीर्षस्थानमा रहेकाे छ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया