अमेरिकी डलरसहित बेलायती पक्राउ

Nepal television

नेपाल प्रहरीले २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ५१ वर्षीय नेल वीलिम ग्रिनउड रहेका छन्। 

कतार एअरवेजको उडानद्वारा काठमाडौँबाट दोहा हुँदै लण्डन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। 

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षमा झोला जाँच गर्दा लुकाइ राखेको अवस्थामा अमेरिकी डलर फेला परेको र उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2021-02-23 21:20:00

प्रतिकृया दिनुहोस्