अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
रविन पुन मगर (आइडु)
मंगलबार साँझ चुच्चेपाटीमा रहेको एफक्युब सिनेमा घरमा चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर भयो। प्रिमियरमा पुगेका बिएल संवाददाता रविन पुन मगर (आइडु)ले‘ वेलकम टु हेम्जाकोट’ चलचित्रका निर्देशक सरोज पौडेललाई जम्काभेटमा ६ प्रश्न गरेका छन् :
आज प्रिमियर भयो फिल्म शुक्रबारदेखि हलमा लाग्दैछ, फिल्म चल्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
अब आजको प्रिमियरमा आएका दर्शकको प्रतिक्रियाअनुसार उत्साहित नै छु। आफूले गरेको काममा आशावादी त छु नै, समसामयिक विषयमा बनेको रमाइलो फिल्म छ। आशा छ, दर्शकहरुले मन पराउनुहुनेछ।
चलचित्रको नाम हेम्जाकोट नै किन राखिएको होला ?
यो चाहिँ गाउँघर, पाखा/पखेरा, उकाली, ओरालीकै कथा थियो। मौलिक कथामा आधारित सिनेमा भएको हुँदा नाम पनि मौलिक ठाउँ विशेषको राख्ने उद्देश्यले राखिएको हो। व्यक्तिविशेष वा साहित्यिक नामका चलचित्रहरु थुप्रै छन् बरु टुरिजम सेक्टरलाई सपोर्ट होस् भनेर पनि हो। फेरि कोट जोडिएका नामहरु मौलिक हुन्। त्यहीमाथि हेम्जाकोट नाम मन परेको नाम हो। त्यही भएर राखिएको हो।
चलचित्रको स्क्रिप्ट लेख्नुभयो, निर्देशन पनि गर्नुभयो दुबै काम एक्लैले गर्न गाह्राे भएन ?
अँ, मेरो मुख्य काम निर्देशन हो। तर, सानैदेखि लेखनमा मलाई रुचि थियो र लेख्छु पनि। आफैंले लेखेको फिल्ममा भिजन अझै बढी क्लियर हुन्छ। त्यसमा म्यानेजमेन्ट (व्यवस्थापन) राम्रो गर्न सकियो भने मुभिको फिनिसिङ आउन सक्छ। धेरै कुरा पहिले नै माइन्डसेट हुन्छ। आफैंले लेखेकोलाई निर्देशन गर्दा सहज नै लाग्छ।
कमर्सियल फिल्मलाई चलाउन स्टार कलाकारसँग काम गरिन्छ तर तपाईंले त नयाँ कलाकार बढी राख्नुभयो ?
पहिलाे कुरा, म स्टारहरुले नै फिल्म चल्छ भन्नेमा विश्वास गर्दिनँ। दोस्रो कुरा, कन्टेन्ट बलियो हुनुपर्छ र त्यो कन्टेन्टलाई न्याय गर्न सक्ने, निभाउन सक्ने आर्टिस्ट छन भने स्टारहरु आवश्यक नहोला। चलचित्रलाई पब्लिसिटिमा भने अलिक अप्ठ्यारो आउँछ। नत्र कन्टेन्ट राम्रो छ, कलाकार आफ्नो भूमिका राम्रोसँग निभाउनुभएको छ।
...भनेपछि तपाईं स्टार जन्माउने बाटोमा हो ?
त्यसो पनि होइन। स्टारसँग काम नै गर्दिनँ भनेको हाेइन, समय मिल्यो भने त गर्ने हो। तर, स्टार नै कुरेर १/२ वर्ष चलचित्र बनाउनतिर चाहिँ लाग्दिनँ। त्यो समय म कन्टेन्टमै मेहनत गर्छु, मेरो स्क्रिप्टलाई न्याय गर्ने थुप्रै कलाकार हुनुहुन्छ। जो स्टार बनिसक्नुभएको छैन, उहाँहरु मेरो पहिलो रोजाइ हुनुहुन्छ।
यो चलचित्रमा कल्चरल डाइभर्सिटी र क्यारेक्टर डाइभर्सिटी छ, यसले सहज गर्याे कि असहज गर्याे ?
हाम्रो नेपालमा कुनै गाउँ वा कुनै विशेष ठाउँमा एकल भाषा, जात, धर्मको वर्चस्व छैन। हाम्रो सिंगै नेपाल नै मिश्रित समाज छ। हामी धेरै समुदाय भाषा संस्कारका मान्छेहरु मिलेर बसेका छौँ। त्यस्तै कुराहरु चलचित्र हेम्जाकोटमा पनि छ। यो चलचित्रमा भएका पात्रहरु हाम्रै समाजका प्रतिनिधि पात्रहरु हुन। त्यस्तो अप्ठ्यारो भएन भनौँ।
भिडियाे कुराकानी:
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया