भारतको महाराष्ट्र राज्यमा कोरोना संक्रमण बढ्दो

Photo - Navbharattimes
Photo - Navbharattimes

भारतको महाराष्ट्रमा कोरोना भाइरस सक्रमण दिन–प्रतिदिन बढिरहेको छ।

महाराष्ट्रको वाशिक जिल्लामा पछिल्लो २४ घण्टाभित्र ३ सय १८ जना नयाँ संक्रमित भेटिएका छन्। तीमध्ये १ सय ९० जना विद्यार्थीहरू रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबै विद्यार्थी एउटै होस्टेलका थिए।

एउटै होस्टेलका धेरै विद्यार्थीहरू कोरोना सक्रमित भेटिएपछि विद्यालय प्रशासन तनावमा छ। संक्रमित मध्ये प्रायः अमरावती जिल्लाको ग्रामिण इलाकामा बसोबास गर्नेहरू रहेको नवभारत टाइम्सले जनाएको छ।

वाशिक जिल्ला प्रशासन कार्यालयले विद्यालय र होस्टेल परिसमा आउजाउ गर्न प्रतिबन्ध गरेको छ। कोरोना संक्रमण रोक्नका लागि प्रशासन, सामाजिक संस्थालगायतले तीव्र कोशिश गरिरहेका छन् तर  महाराष्ट्रमा भने परिणाम उल्टो आइरहेको छ।

जिल्ला अधिकारीले होस्टेलका कोरोना बिरामीहरूलाई तत्काल उपचार गराउन निर्देशन दिएका छन्।

उक्त होस्टेलमा लगभग ३ सय ४६ विद्यार्थी रहेको होस्टेल व्यवस्थापनले जनाएको छ। तीमध्ये १ सय ९० जना संक्रमित भएपनि त्यस क्षेत्रमा हैरानी बढेको छ।

मुम्बईमा कोरोनाका बिरामी दिनहुँ बढिरहेका छन्। मानिसले नियमको पालना नगरे पुनः मुम्बईमा बन्दाबन्दी हुने राज्यका संचारमन्त्री असलम शेखले संकेत गरेका छन्।

प्रकाशित मिति: : 2021-02-25 13:34:00

प्रतिकृया दिनुहोस्