नेकपाको नाम विवादमा सर्वोच्चले फागुन २० गते फैसला सुनाउने

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ।

नेकपा नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २० गते निर्णय सुनाउने लागेको हो।

कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले बिहीबार सुनुवाइ सकेको थियो।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर २०७५ साल जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: : 2021-02-25 18:28:00

प्रतिकृया दिनुहोस्