कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

Photo - Nepaljapan.com
Photo - Nepaljapan.com

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।

बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो। उनलाई आज बिहान थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कमा रगत जमेको छ। अहिले उनको अपरेसनको तयारी गरिएको बताइएको छ।

प्रकाशित मिति: : 2021-02-26 10:37:00

प्रतिकृया दिनुहोस्