कोरोना भाइरस : ज्यान गुमाउने परिवारलाई राहत

Nepali khoj

मकवानपुरको थाहा नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेका परिवारलाई राहत रकम वितरण गरेको छ।

नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमअनुसार मृत्यु भएका परिवारलाई प्रतिपरिवार एक लाख दरले राहत वितरण गरेको हो। सो निर्णय सातौँ नगरसभाले निर्णय गरेको थियो।

थाहा नगरमा सङ्क्रमणका कारण हालसम्म पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेका परिवारलाई नगरप्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति: : 2021-02-27 18:53:00

प्रतिकृया दिनुहोस्