अयोध्यामा बनिरहेको राम मन्दिरका लागि कति उठ्यो चन्दा ?

अयोध्यामा बनिरहेको भव्य राम मन्दिर निमार्णका लागि २१ सय करोड रुपैयाँ (भारतीय) चन्दा उठेको छ।

चन्दा उठाउने अभियानअन्तर्गत शुक्रबारसम्म २१ सय करोड जम्मा भएको भगवान् श्री राम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीले जानकारी दिए।

जनवरी १५ देखि राम मन्दिर निमार्णका लागि चन्दा अभियानको सुरुवात राम मन्दिर निधि समर्पणले गरेको थियो। ४४ दिनको अवधिमा अभियानले अधिक चन्दा उठाएको ट्रस्ट स्रोतले बताएको छ।

विश्व हिन्दू परिषद्का प्रवक्ता शरद शर्माले निर्माण अभियान शनिबारदेखि समापन भएको बताएका छन्।

राम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टको बैंक अकाउन्टमा फेब्रुअरी २७ सम्म २१ सय करोड रुपैयाँ जम्मा भएको कोषाध्यक्ष गिरीले जनाए।

आइतबार अयोध्यामा अभियानलाई सहयोग गर्ने मानिसका लागि धन्यवाद र्‍याली समेत आयोजना गरिएको छ। अभियन्ताका अनुसार विभिन्न देशमा बसोबास गर्ने राम भक्तले पनि यस्तै अभियानको सुरुवात गर्न माग गरेका छन्।

अहिलेसम्म उठेको चन्दालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा आगामी बैठकको एजेन्डा हुने श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका कोषाध्यक्ष गिरीले बताए।

निर्माण समितिले ७० एक्कडमा बन्ने राम जन्मभूमि आफ्नो परिसरसँगै अन्य स्थानमा पनि बनाउने बताएको छ।

अयोध्यालाई भारतको धार्मिक राजधानीका रुपमा विकास गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति: : 2021-02-28 14:30:00

प्रतिकृया दिनुहोस्