पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
बिएल संवाददाता
पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट (एनएएलएक्स र एनएएलए) हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ।
साथै काठमाडौँ तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयारीका साथ राखिएको र स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ तथा नेपाल प्रहरी समेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रसियन नागरिक थिए। साथै आयरल्याण्डका एक जना, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जनाका साथै चार जना चालक दलका चार जना सदस्य थिए।
चालक दलका सदस्यमा क्याप्टेन कमल केसी र अञ्जु खतिवडा थिए भने विमान परिचारिकामा सृजना होङ्गचुन र ओसिन आले मगर थिए।
केन्द्रका अनुसार एनवाईटी ६९१ नम्बरको ९एन–एएनसी विमान पोखरा टावरसँग विहान १०ः५० बजे सेती खोँच भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चता उक्त विमान दुर्घटना भएको हो। यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँ विमानस्थलबाट विहान १०ः३३ बजे विमान पोखराका लागि उडान भरेको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया