भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरूद्धको खोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्।

प्रधानमन्त्री मोदीले दिल्लीस्थित एम्स अस्पताल पुगेर सोमबार विहान खोप लगाएका हुन्। उनले देशबासीलाई ढुक्कका साथ कोरोना भाइरसविरूद्धको खोप लगाउन समेत अपील गरेका छन्। 

भारतमा दोस्रो चरणको खोप अभियान सोमबारदेखि सुरु भएको छ। अभियानको पहिलो खोप प्रधानमन्त्री मोदीले लगाएको भारतीय संचारमाध्यमले जनाएका छन्। 

उनले भारतलाई कोरोना भाइरस मुक्त बनाउने अभियानमा सहयोग गर्न समेत आग्रह गरेका छन्। 

प्रकाशित मिति: : 2021-03-01 07:29:00

प्रतिकृया दिनुहोस्