अवैध भारतीय नोटसहित एक पक्राउ

NDTV.com
NDTV.com

सिरहाबाट दुई लाख ५० हजार अवैध भारतीय नोटसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको सहरसा ग्राम किसनपुर पञ्चायत–२ निवासी ६० वर्षीय चतुरी यादव रहेका छन्।

प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई रु दुई हजार दरको तीन थान र ५०० दरको ४८८ थान गरी रु दुई लाख ५० हजार अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको गरेका हो।

पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-03-01 16:06:00

प्रतिकृया दिनुहोस्