थप ७३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

नेपालमा थप ७३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २१६ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ४९ जनाको पिसिआर परीक्षण गरिएको थियो। हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६५ हजार ९८५ जना पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ७० हजार ४७१ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ६४ सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर ९६८ सक्रिय सङ्क्रमित रहेका छन्।

त्यसैगरी नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ।

हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या २ हजार ७७७ पुगेको मन्त्रालयले जनाएको छ।    
 

प्रकाशित मिति: : 2021-03-01 17:11:00

प्रतिकृया दिनुहोस्