तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य आज एक हजार ७ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला रु ८८ हजार ७०० मा कारोवार भएको छापावाला सुन आज भने रु ८७ हजार कायम भएको छ।

यस्तै, तेजाबी सुन तोलामा रु ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार तेजाबी सुन तोलामा रु ८८ हजार २५० मा कारोवार भएको थियो।

यसैगरी चाँदी आज तोलामा रु ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। 

    

प्रकाशित मिति: : 2021-03-02 11:21:00

प्रतिकृया दिनुहोस्