सुनको आपूर्ति तत्काल वृद्धि गर्न माग

बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन्।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेटगरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सृजना भैसकेको भन्दै तत्काल कोटा वृद्धिगर्न माग गेरेको हो। 

ब्यवसायीसँगको भेटपछि सचिव भट्टराईले कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता जनाए। उनले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्वन्धित निकायहरुसँग आवश्यक परामर्शगरी सिघ्र समस्याको समाधान गरिने बताए।

सचिव भट्टराईले आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्ने तर्फ सरकार सचेत रहेको उल्लेख गर्दै ब्यवसायीका माग सिघ्र सम्बोधन गर्ने प्रद्धिवतता जनाए।  

सचिव भट्टराईले सुनचाँदी ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीतिगत ब्यवस्थाकालागि यसअघि नै मस्यौदा तयार भैसकेकोे उल्लेख गर्दै त्यसलाई सिघ्र कार्यान्वयनमा ल्याउन आफू प्रतिवद्ध रहेको बताए।

सुनचाँदी ब्यवसाय प्रवद्र्धनका लागि आवश्यकता अनुसार तालिमको ब्यवस्था गर्न, रोजगारिका अवसर बढाउन, सुनका गरगहना निर्यातकालागि आवश्यक सहज वातवारण निर्माण गर्न तथा ब्यवसायीहरुका तर्फबाट अगाडि सारिएका अन्य मागहरुलाई सम्बोधन गर्न आफूले सम्बन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित मिति: : 2021-03-02 18:29:00

प्रतिकृया दिनुहोस्