बिहिबार, ३१ जुलाई २०२५

किट कलेजका नेपाली विद्यार्थीहरूको खुलासा: हामीमाथि कुटपिट भयो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफूहरूमाथि अपराधिक क्रियाकलाप भएको बताएका छन्। 

उनीहरूले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए। 

सुरक्षालाई मध्यनजर राख्दै अनुहार छोपेर शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका उनीहरुले प्रकृति लम्सालको मृत्युबारे सत्यतथ्य छानविन हुनुपर्ने र पीडित विद्यार्थीहरूले न्याय पाउनुपर्ने माग राखे। 

प्रकृति लम्सालको शंकास्पद मृत्युपछिको उत्पन्न भएको परिस्थितिका क्रममा आफूहरूमाथि ज्यादति र अमानवीय व्यवहार भएको गुनासो गरेका हुन्। 

‘पुलिसले मात्रै नभएर त्यहाँको सेक्युरिटी गार्डहरुले पनि कुटपिट गर्न थाले। जति छिटो आफ्नो देश गइहाल भने। आफ्नो देशमा गएर काम गर, खेत खनजस्ता कुरा भनियो’, एक पीडित विद्यार्थीले भने। 

साथै प्रकृतिको मृत्यपछि त्यहाँका शंकास्पद सबैलाई नियन्त्रणमा नलिइएको र उनीहरुमाथि छानविन नभएको बताए। 

उक्त घटनाले नेपालीहरुको इज्जत गएको र आत्मसम्मानमा चोट पुगेको उनीहरुको भनाइ छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित विद्यार्थीहरुलाई भेटेर उनीहरुको पीडा सुनिदिनु पर्ने उनको माग छ। पत्रकार सम्मेलनमा भेला भएका अधिकांश विद्यार्थीले अनुहार छोपेर लम्सालको न्यायको माग गरेका थिए। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!