झरना साहित्यिक परिवारलाई एक लाख राशिको पुरस्कार

झरना साहित्यिक परिवारलाई रु १ लाख राशिको पुरस्कार प्रदान गरिएको छ।

पोखराको हेमराज पहारी स्मृति प्रतिष्ठानले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेकोे हो। हेटौडामा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साहित्य परिवारका अध्यक्ष दीपक गौतमलगायतलाई राशी हस्तान्तरण गरेका थिए।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले साहित्यप्रति आफ्नो अत्यन्तै रुचि रहेको बताए। साहित्यिक कार्यक्रममा बोल्नभन्दा पनि सुन्नका लागि महत्वपूर्ण हुने उनले बताए।

सम्मानित हुने संस्थालाई बधाई दिँदै उनले यस्ता कार्यमा नयाँ पुस्तालाई अगाडि बढाउँदै लैजानुपर्नेमा जोड दिए। हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका प्राज्ञ हरिदेवी कोइराला, अग्रज साहित्यकारलगायतले आफ्ना धारणा राखेका थिए

प्रकाशित मिति: : 2021-03-03 09:03:00

प्रतिकृया दिनुहोस्