मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ 

Photo - Ndtv.com
Photo - Ndtv.com

प्रहरीले मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

गौरीगंज गाउँपालिका-६ बस्ने २६ वर्षीया रबिना राजबंशीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत झापाको २०७६ असार ३० गतेको फैसलाले मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

रबिनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रकाशित मिति: : 2021-03-04 12:16:00

प्रतिकृया दिनुहोस्