बिहेको ६ वर्षपछि आमा बन्दै श्रेया घोषाल

बलिउडकी लोकप्रिय गायिका श्रेया घोषाल बिहेको ६ वर्षपछि आमा बन्ने भएकी छिन्।

उनले सोसल मिडियामार्फत ‘बेबी पम्प’ को फोटो सार्वजनिक गरेकी थिइन। उनले जन्मिनुअघि नै बच्चाको नाम श्रेयादित्य राखिसकेकी छिन्।

३६ वर्षीय श्रेयाले श्रीमान शिलादित्य मुखोपाध्यायको अगाडीको नाम जोडेर बच्चाको नाम राखिसकेको बताइन्।

‘तपाईहरूको प्रेम र आर्शिवादको आवश्यकता छ। किनभने हामीलाई नयाँ जीवनको शुभारम्भ गर्नुछ,’ उनले भनेकी छिन्।

५ फेब्रुअरी २०१५ मा श्रेयाले शिलादित्यसँग प्रेम विवाह गरेकी थिइन। श्रेयाको हिन्दी फिल्ममा ‘देवदास’ बाट डेब्यु भएको थियो।

उनले ‘देवदास’ को पाँच गीत ‘बैरी पिया’, ‘छलक छलक’, ‘मोरे पिया’ र ‘दिल डोला रे’ गाएकी थिइन्।

उनले ‘जहर’, ‘परिणिता’, ‘रब ने बना दि जोडी’, ‘विवाह’, ‘द किलर’, ‘होलिडे’, ‘ओम शान्ति ओम’, ‘जब वी मेट’, ‘थ्रि इडियट्स’, ‘द डर्टी पिक्चर’, ‘बोल बच्चन’, ‘पीके’, ‘कलंक’, तान्हाजीः द अनसंङ’ जस्ता फिल्ममा गीत गाएकी थिइन्।

श्रेयाले हालसम्म चार वटा राष्ट्रिय तथा १६ वटा फिल्मफेयर अवार्ड जितिसकेकी छिन्।

प्रकाशित मिति: : 2021-03-04 17:32:00

प्रतिकृया दिनुहोस्