मेलम्चीको पानी आजै सुन्दरीजल आइपुग्ने

BBC
BBC

मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ। दुईदशक लामो प्रतीक्षापछि मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा आइपुग्‍ने भएको हो। सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ।

मेलम्चीको पानी सुन्दरी जलमा झरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने कार्यक्रमसमेत तय भएको छ। प्रधानमन्त्री ओली आज अपराह्न ४ः०० बजे सुन्दरीजल जाने कार्यक्रम तय भएको छ।

​सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन्‌।​

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा परीक्षणका लागि पानी छोडिएको थियो। २६ किमी लामो सुरुङमार्ग पार गर्दै पानी सुन्दरी जल आइपुगेको हो। 

हाल परीक्षणका लागि सुरुङमा २६० लिटर प्रतिसेकेण्ड पानी हालिएको छ। परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ।

प्रकाशित मिति: : 2021-03-06 10:01:00

प्रतिकृया दिनुहोस्