सभामुखको भूमिका हेरेर संसद ‘फेस’ गर्ने रणनीतिमा ओली पक्ष

नेपाल लाइभ

काठमाडाैं

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाको भूमिका हेरेर संसदमा रणनीति तय गर्ने प्रधानमन्त्री केपी शर्मा ओली पक्षले जनाएको छ। प्रधानमन्त्री ओलीले चार दिनअघि सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएपछि पार्टीको द्वन्द्व कार्यव्यवस्था परामर्श समितिमा देखिने संकेत देखिएको छ।

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाका सांसद देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरिएको थियो। नेकपाको विधानअनुसार संसदीय दलका नेता समेत रहेका ओलीले गुरुङलाई हटाउने निर्णयले वैधानिकता प्राप्त गर्न सक्छ। ओलीले गरेको निर्णय प्रचण्ड-माधव पक्षले भने अस्विकार गरेको छ। 

आइतबारका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। संसद बैठकअघि कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समिति बस्ने प्रचलन छ। उक्त बैठक सभामुखले बोलाउनुपर्ने व्यवस्था छ। सभामुखले आवश्यकता महसुस गरे मात्रै कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउन सक्ने संसद नियमावलीमा उल्लेख छ।

कार्यव्यवस्था समितिको नियमावलीको १३ ‘३’ मा सभामुखले आफूलाई उपयुक्त लागेको कुनै सदस्यलाई कार्यव्यवस्था समितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा आमन्त्रण गर्नसक्ने व्यवस्था छ। प्रतिनिधि सभा नियमावलीकै प्रावधानमा टेकेर सभामुखले गुरुङलाई आमन्त्रण गर्न सक्छन्। त्यही प्रावधानको आडमा सापकोटाले प्रधानमन्त्रीले नियुक्त गरेका भट्टराईलाई नबोलाउन पनि सक्छन्।

प्रकाशित मिति: : 2021-03-06 17:25:00

प्रतिकृया दिनुहोस्