धेरै रिसाउने मान्छेको मृत्यु अकालमै !

Symbolic photo
Symbolic photo

वास्तवमा रिस उठ्ने बानी स्वास्थ्याको लागि नराम्रो पक्ष हो। हाम्रो दैनिक जिवनका स–साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन्। 

अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने पुष्टि गरेको छ। 

आइवा स्टेट विश्वविद्यालयमा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको देखिएको छ। 

रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खतरनाक परिवर्तन आउँछन , जसमा तनावदेखि मनोरोगलगायतका हुन्छन्। 

रिसाहा मानिसको शरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ। तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ। 

यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ। धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ। 

धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ। किनकी रिसले शरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ् अनुसन्धानले देखाएको छ। 

बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ। त्यसैले रिसाउनुको शरीरको लागि हानिकारक छ।

प्रकाशित मिति: : 2021-03-08 17:57:00

प्रतिकृया दिनुहोस्