शिवरात्रीमा बिना मास्क पशुपति मन्दिर प्रवेशमा निषेध 

यसपालिको शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा मास्कबिना  प्रवेशमा रोक लगाइने भएको छ। 

मंगलबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गर्दै कोरोनाको जोखिम कायमै रहेकोले दर्शनार्थीलाई बिना मास्क प्रवेशमा रोक लगाइने जनाएको हाे।

यसपालिको शिवरात्री फागुन २७ गते बिहिवार परेको छ।

शिवरात्रीको सम्पूर्ण व्यवस्थापकीय तयारी भइसकेको कोषले जनाएको छ ।

प्रकाशित मिति: : 2021-03-09 18:51:00

प्रतिकृया दिनुहोस्