गजल

रामचन्द्र ढकालकाे एउटा गजल

Breaknlinks
Breaknlinks

मिलेसम्म जाने गर्छु, हेर्छु आमा बागमती 
चिताबाट रुदै भन्छिन्,भयो मेरो दुर्गति।

ढल हाले, मल हाले जताततै फाेहाेर फाले 
गन्ध मैला मात्र हुन्छ, विचरा छन् बिष्णुमती।

तीर्थ जल बोकी लाने, थियौ चोखो नदी तिमी
लास लादी बोक्नु पर्दा, कष्टमा छन् रूद्रमती।

कोही पिच्च नाक थुनि, भागे मुख ढाकी कोही
हेपाइले पीडा हुन्छ, भन्छिन् आज भगवती।

राम्रो फूल नफुल्नु है,आँखा लाग्छ भनेको हो
बेली चम्पा चमेली र पछुतोमा पशुपति।

प्रकाशित मिति: : 2022-08-06 14:25:00

प्रतिकृया दिनुहोस्