क्रिप्टोकरेन्सी

प्रतिबन्धित ‘क्रिप्टोकरेन्सी’मा नेपालकाे ४० अर्ब लगानी !

Photo: Agency
Photo: Agency

हालसालैका दिनहरुमा नेपाली बजारमा एउटै कुराको हल्लखल्ला छ। शीर्षक उही, क्रिप्टोकरेन्सी। पछिल्लो समय स्वदेश तथा विदेशमा रहेका नेपालीहरु क्रिप्टोमा लगानी गर्ने धेरै सङख्यामा रहेको पहिचान हुन थालेकाे छ।

धेरै ठोस तथा अनुसन्धान गर्दा नेपालमा क्रिप्टो लगानीमा ४० अर्ब रहेको जानकारी प्राप्त भएको छ। भनिन्छ, एउटा कुराको जति खोज तलासी गर्‍याे त्यो कुराले नयाँ–नयाँ मोड लिन्छ। अहिले नेपालको सन्दर्भमा सोही हुँदै गइरहेको छ।

खाेज्ने नै हाे भने आधा नेपालीहरु क्रिप्टोमा आवद्ध भएकाे बताइन्छ। जुन नेपालमा गैरकानूनी मानिन्छ।

हिजो अर्थात् (मगंलबार) छिमेकी मुलुक भारतले क्रिप्टोलाई कानूनी रुपमा ३० प्रतिशत कर तिरेर स्वीकार गरिसेकेको छ। नेपालमा मात्र हाेइन क्रिप्टोको होहल्ला भारतमा पनि छ। भारतीय अभिनेता अमिताभ बच्चन पनि क्रिप्टोका लगानीकर्ता भएको खुल्न आएको छ। यो कुराले एउटा कुरा प्रष्ट पारेको छ, मानिस जति धनी भए पनि धन कमाउने रहर सबैलाई हुँदो रहेछ।

बुधबार मात्र न्यूरोडबाट ३० वार्षीय युवक चन्द्रमणि अधिकारीलाई प्रकाउ परेका छन्। अधिकारीको मोबाइलबाट प्रहरीले डेढ करोड रुपैँया बारबार क्रिप्टो लगानी फेला पारेको छ।

अधिकारी मार्फत् लगानी गरेका अरु मानिसका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस विषयमा हाल नेपालमा धेरै टिकाटिपणी भइरहेक छन्। कसैले यसलाई देश प्रतिको भ्रष्टाचारकाे संज्ञा दिएका छन्, भने कसैले यसलाई सरकारले यसको फाइदा नबुझेको र क्रिप्टोलाई कानुन रुपमा मान्यता दिनु पर्ने बताएका छन्। 

कसरी गरिन्छ क्रिप्टोमा लगानी ?

सरल भाषामा भन्दा क्रिप्टोकरेन्सी भन्नेको डिजिलटल मुद्रा हाे। यसको सुरुवात सन् २००९ बाट भएको थियो। क्रिप्टो लगानीकाे लागि धेरै प्लाटर्फम छन्। आजको दिनसम्म पनि धेरै मान्छेलाई थाहा नहोला कसरी लगानी गरेर आम्दानी गर्न सकिन्छ।

के हो बिटकोइन ?

बिटकोइन भनेकाे एउटा नयाँ मुद्रा हो। यसमा लेनदेन बैंक मार्फत हुँदैन। यसको सबै काम अनलाइनबाट नै हुने गर्छ। हालैको दिनहरुमा हर्ने हो भने १ बिटकोइनको मूल्य नेपालमा ४५ लाख ७७ हजार ५ सय ९ दश्मलव ०७ हुन्छ।

सुरुमा बिटकोइनको लगानी गर्न १ हजार अमेरिकी डलरबाट सुरुवात गरेको पाइएको छ। यो सेयर जस्तै कहिले घट्ने, कहिले बढ्ने गर्दछ। तर, के मा लगानी गर्दा धेरै फाइदा हुने जानकारी छैन।

बिटकोइनको कारोबारमा एकअर्काको चिनजान बिना नै पैसाको कारोबार हुन्छ। यसमा पैसा डुब्ने ठग्ने भन्ने हुँदैन। पैसाको कारोबार गर्दा डेबिट कार्ड तथा क्रेडिट कार्ड देखाए मात्र पनि कारोबार गर्न  सकिन्छ। यसको फाइदा भने जति पैसा कमाए पनि कर तिर्न पर्दैन।

क्रिप्टोमा लगानी गर्न कोइनबेस र इटोरोबाट गरेको पाइएको छ। क्रिप्टोकरेन्सी डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङबाट पनि कारोबार गरेको पाइन्छ।

प्रकाशित मिति: : 2022-02-02 18:29:00

प्रतिकृया दिनुहोस्