बारामा युवकको हत्या, साथी पक्राउ 

बारामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ। 

निजगढ नगरपालिका वडा नम्बर-९ बुद्धचौकका २१ वर्षीय रोहित शर्माको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

शर्माको हत्या आरोपमा प्रहरीले उनकै साथी रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का अरुणकुमार साहलाई पक्राउ गरेको छ।

पक्राउ परेका साहले गल्ति स्वीकारेर चक्कु प्रहार गरी घाँटी रेटी हत्या गरेको प्रहरीले बताएको छ। 

साहका अनुसार पुरानो रिसिइबी र लागुऔषध सेवन गर्दा पटक/पटक झगडा हुने गरेकोमा मृतक शर्माले आफूलाई सधैं अपमानित गर्दै 'पेस्तोलले गोली ठोकेर मारिदिन्छु' भन्दै धाकधम्की देखाउँदै आएकोले शर्माको हत्या गरेको हो। 

 साहले हत्यामा प्रयोग गरेका चक्कुसहित मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-03-09 22:02:00

प्रतिकृया दिनुहोस्