स्याउको ‘हव’ बन्दै मुड्केचुला

File Photo
File Photo

जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ।

गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। 

तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए। यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ। गाउँपालिकालाई स्याउको ‘हव’ बनाउने उद्देश्य रहेको अध्यक्ष शाहीको भनाइ छ। 

प्रतिबिरुवा रु ७० मा खरिद गरेर कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाको वडा १, २, ३, ४, ५, ६, ७ र ९ मा बिरुवा वितरण भएको हो। मागका आधारमा स्याउका बिरुवा वितरण गरिएको छ। गाउँपालिकामा दुई ठाउँबाट सडक निर्माण कार्य जारी रहेको छ। सडक निर्माण कार्य सम्पन्न भएसँगै स्याउका बिरुवाले फल दिन शुरु गर्ने सम्भावना बढेको स्थानीयवासी समीर शाहीले बताए।रासस

प्रकाशित मिति: : 2021-03-11 08:16:00

प्रतिकृया दिनुहोस्