बाघले आतंक मच्चाउन थालेपछि निकुञ्ज क्षेत्रमा प्रवेश निषेध

blogspot.com
blogspot.com

बाँके बर्दियामा नरभक्षी बाघले आतंक मच्चाउन थालेपछि निकुञ्ज क्षेत्रमा प्रवेशमा निषेध गरिएको छ।

सातापिछे बाघले मानिसको ज्यान लिन थालेपछि जोखिम क्षेत्रमा प्रवेश निषेध गरिएको हो।  

दुईदिन अघि बाघले जंगलमा घाँस काट्न गएकी एक महिलाको ज्यान लिएको थियो।

निकुञ्ज क्षेत्रमा बाघको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै निकुञ्ज र जोखिम क्षेत्रमा प्रवेश बन्द गरेको हो।

बाघको आक्रमणबाट चालु आर्थिक वर्षमा ९ जनाको ज्यान गइसकेको छ। 

विगत दुई वर्षको अवधिमा १७ जनाले बाघको आक्रमणबाट ज्यान गुमाइसकेका छन्।  बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। 

वन्यजन्तुको बढ्दो आक्रमणबाट बच्नका लागि आगामी १० दिनसम्म सम्भावित जोखिम युक्त बनक्षेत्रमा प्रवेश नगर्न भनिएको हो।उक्त क्षेत्रमा आवागमन गर्दा रात्रीको समयमा पैदल यात्रा, साइकल तथा मोटरसाइकलबाट यात्रा नगर्न तथा सुरक्षाका भरपर्दो तरिका अपनाउनसमेत अनुरोध गरिएको छ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानिसको हिडडुल बढी हुने गरेको छ।  जिविकोपार्जनका लागि त्यहाँका नागरिक वनक्षेत्रमा जाने गर्छन्। जसका कारण उनीहरु बाघको शिकार हुने गरेका छन्।

अकालमै मान्छेको ज्यान जान थालेपछि जोखिमयुक्त ठाउँमा स्थानीयलाई प्रवेश नगर्न आगैह गरेको र्दियाका प्रमुख जिल्ला अधिकार मावधराज शर्माले बताए।
 

प्रकाशित मिति: : 2021-03-12 13:40:00

प्रतिकृया दिनुहोस्