हेलम्बुको स्युगेन्चेमा छेच्यु पर्व (भिडियाे)

समुन्द्र सतहदेखि करिब २३०८ मिटरमा अवस्थित हेलम्बुको श्युगेन्चे गाउँमा छेच्यु पर्व हर्सोल्लासको साथ मनाएका छन।

गाउँमा लगभग ५० घरधुरी रहेको हेलम्बु क्षेत्रका अन्य गाउँमा जस्तै स्युगेन्चे गाउँमा पनि यो वर्ष छेच्यु पूजा गरियो। हेलम्बु क्षेत्रमा बसोवास गर्ने ह्योल्मो समुदाय बौद्धगार्मी हुन्।

गुरु रिम्पोछेले ध्यान र तपस्या गरेको तपोभूमिमा उनले भविष्यका लागि भनेर धार्मिक महत्वका पवित्र खजना लुकाएर राखेको विश्वास गरिन्छ।   

गुरु पद्मसमभवको जन्मजयन्तिको पुण्य तिथिमा वर्सेनी छेच्यू पूजा गरिन्छ। चन्द्रमास पात्रोअनुसार सोनाम ल्होसार पर्व मनाएको पञ्चमीदेखि पूर्णिमासम्म छेच्यु पर्व धुमधामले मनाइन्छ। यहाँका विभन्न गाउँहरूमा आ–आफ्नै किसिमले छेच्यु पर्व मनाउँछन्।

पाँच दिनसम्म धार्मिक पुस्तक (ह्युम पाठ) गरेपछि पर्व सुरु हुन्छ। बौद्ध धर्मग्रन्थअनुसार गुरु रिम्पोछेद्वारा स्थापना गरेका तान्त्रिक नृत्यद्वारा राक्षसमाथि विजय प्राप्त गरेको खुशीयालीमा उत्सव मनाउने चलन बसेको हो।  

विनाशकारी महाप्रलय, रोग व्याधि र द्वन्द्वबाट जोगिने कामना गरे। त्यस्तै लोभ, इर्ष्या र क्रोध निवारण, विश्व शान्ति र मानव मुक्तिको कामना गर्दै धार्मिक विधि विधानअनुसार भूतप्रेत मन्छाएका थिए। 

पर्वमा विशेष किसिमका पूजा विधि गर्दै देवीदेवताका प्रतीकका रुपमा मुकुण्डो लगाएर लामाहरू नाचे। गाउँलेले पनि लामालाई साथ दिँदै परम्परागत भेषभुषामा महिला र पुरुष अलग्गै हात समाएर गोलाकार भएर स्याब्रुमा नाचेका थिए। 
स्थानिय वुद्धिजिवी पुर्ण लामाका अनुसार सौर्यमण्डलको परिक्रमा गरे जस्तै स्थानियाहरु नाच्ने प्रचलन छ। यसले दिन, रात र फरक मौसम फेरिएको संकेत गर्दछ। प्रतिकात्मक रुपमा आध्यात्मिक जिवनशैलीको झल्को दिने गर्दछ।
बाजाको तालमा लामाहरूले मुकुण्डो नाच नाच्दा र स्थानीय स्याब्रुमा झुमिरहेका थिए।

मुख्य लामाद्वारा स्थानियवासीलाइ अभिषेक तथा अमृत जल वितरण गर्दै आशीर्वाद दिए। आगामी वर्षभरि सुख, शान्ति तथा समृद्धिको कामना गर्दै  यो वर्षको छेच्यु पुजाको  समापन भयो। 

फुर्वा लामा ह्योल्मो, पाल्मो छ्योलिङ गुम्बाका अध्यक्षका अनुसार छेच्यु पुजा विश्व प्राणी जगतमा सुख , शान्ति र समृद्धिको लागी कामना गर्ने वार्षिक पुजा गरिने वताएका छन। वर्षभरी मनाइने पुजाहरुमा युङ्नी पुजामा मौन वर्त वसिन्छ , कुँवर पुजा दिर्घायुको लागी माने स्तुपामा मर्मत सम्भार गर्ने हुन्छ ,र सङ पुजा अन्न वाली सप्रियोस भनेर पुजा गरिन्छ।

यि मध्य छेच्यु पुजा सबै भन्दा ठुलो पुजा भएको बताए। यो वर्ष विश्वभरीको महामारी लगाएत कोरोना महामारीको अन्त्यको कामना गर्दै छेच्यु पुजा मनाएको उनले वताए।

प्रत्येक वर्ष मनाउने छेच्यु पर्वमा स्युगेन्चमा एक घरले पुजाको प्रायोजन गर्ने चलन छ।  गाउँका प्रत्येक घरले पुजाका लागि आवश्यक खाना सहित अन्य अन्य सामाग्री सहयोग गरेका थिए।

प्रकाशित मिति: : 2021-03-13 16:49:00

प्रतिकृया दिनुहोस्