आइतबार, २८ डिसेम्बर २०२६

माओवादीले स्थानीय चुनावमा भएको अन्तर्घातको छानबिन गर्ने

News Image
• • •

नेकपा (माओवादी केन्द्र)ले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन्।

समितिले संघीय निर्वाचनमा हुन सक्ने थप क्षतिलाई रोक्न १५ दिनमै प्रतिवेदन दिनेगरी छानबिन गर्ने छ। दोषीमाथि विधानअनुसार निलम्बन र निष्काशनसम्मको कारबाही गरिने अध्यक्ष राईले जानकारी दिए।

उनकाअनुसार मधेसका धेरै र पहाडका केही स्थानमा अन्तर्घात देखिएकाले त्यसबारे छानबिन गर्न थालिएकाे हाे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!