विशाल केसी
रातो, निलो, सेतो, गुलाबी, पहेंलो 
अनि अरु धेरै रङ्गहरुको सङ्गालोको भावनाहरूले
अनि स्वयम् भावनाले  पनि 
आफ्नो सबै रहस्यमयी श्रीङ्गार हराएर
आज ऊ एउटी सिङ्गाे मोनालिसा बनेकी छ
उसलाई बनाउने लियोनार्डो पनि
उसैको भावनाभित्र 
आफ्नो कलात्मक मन्दिरको स्थापना गर्दै छ।
एक दिन 
एक रातको पहरामा
लियोनार्डोले मोनालिसालाई प्रश्न गरे 
केही शब्द भए देऊ मलाई प्रिय मोनालिसा
म एउटा कविता लेख्न चाहान्छु तिम्रो लागि।
मोनालिसाले मुसुक्क हाँस्दै भनि
हे मेरो ब्रह्म 
मेरो सृष्टिको इष्टदेव 
मलाई अमर बनाइदिने मेरो लियोनार्डो 
म तिमीलाई के शब्द दिउँ 
मेरो मुस्कान पनि तिम्रै सम्पत्ति हो
रहस्यमय चित्रकला पनि तिम्रो स्पर्श हो
भोलि म नहुँदा पनि मेरो अस्तित्वलाई जोगाइ राख्ने
तिमी त्यो पवित्र तीर्थस्थल हो।
यदि म तिम्रो मन भित्रको भावना हो भने
भावनाको  शब्द र भावनाले आज सबै हराएको छ 
सिङ्गाे मोनालिसा बनेर
मेरो प्रिय लियोनार्डो।
त्यही भएर तिम्रो रातो, निलो, सेतो, गुलाबी, पहेंलो 
अनि अरु धेरै-धेरै  रङ्गहरूकाे सँगालोभित्र 
मेरो भावनाहरू अक्षर–अक्षर भविष्यमा हुने 
डिकन्स्ट्रक्शनको सिद्धान्त लिएर बाँचेकाे छु।
म तिम्रो मोनालिसा हुँ
तिमी मेरो लियोनार्डो हो
हामी दुई एक आर्काको साहारा हो
मेरो अनुहारमा सधैँ खुसी छरिदिने
तिमी एउटा अमर चित्रकार हो।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया