एमालेमा दोहोरी !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बोलाएको भेलामा सहभागी नहुन आग्रह गर्दै सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुटगत भेलामा सहभागी हुनेलाई पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिएका हुन्। असन्तुष्ट पक्षले भने कारबाहीको धम्कीले आफूहरू नतर्सने बताउँदै पार्टीमा व्याप्त निरंकुशताविरुद्ध लड्दा आफूहरू लामबद्ध कारबाही भोग्न तयार रहेको बताएका छन् 

प्रकाशित मिति: : 2021-03-17 06:39:00

प्रतिकृया दिनुहोस्