जिल्लाको पश्चिममा पर्ने ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरी महिलाको शंकास्पद मृत्यु भएको छ।
सुत्केरी भएको पन्ध्र दिनपछि उनको मृत्यु भएको हो।
मृत्यु हुनेमा ठाटिकाँध–६ बस्ने सेरबहादुर रोकायकी श्रीमती ३२ बर्षीया हस्तना थापा रहेको दैलेख प्रहरीले जनाएको छ।
हिजो बुधबार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान् सेरबहादुर सँगै सुतेका र बिहान हेर्दा उनको मृत्यु भएको देखिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए।
प्रहरीका अनुसार हस्ताको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान् सेरबहादुरलाई नियन्त्रणमा राखिएको जनाएको छ।
उनको के कारणले मृत्यु भएको हो भन्ने कुरा पोष्टमार्टमा रिपोर्ट पछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए।