प्रधानसेनापति थापा र राजदूत नोना डिप्रेजबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटवार्तामा युनियन र नेपालबीचको सम्बन्ध तथा आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त भेटवार्ताले नेपाल र युनियनबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ।
 

प्रकाशित मिति: : 2021-03-18 22:24:00

प्रतिकृया दिनुहोस्