पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने भएको छ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेकाे हाे।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा पुगेर जोशीको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा सरकारले सहयोग गर्ने जानकारी गराएका हुन्।

फागुन १३ गते मस्तिष्कघात भएपछि जोशी थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्।

उनको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ। जोशीको अहिलेको अवस्था पनि गम्भीर रहेको अस्पतालले  छ।  

प्रकाशित मिति: : 2021-03-19 11:53:00

प्रतिकृया दिनुहोस्