बलिउड अभिनेता अमिर खान कोरोना संक्रमित 

Photo - Reuters
Photo - Reuters

बलिउड अभिनेता अमिर खान कोरोना संक्रमित भएका छन्। उनका प्रवक्ताले विज्ञप्ति सार्वजनिक गर्दै संक्रमित भएपछि आफ्नै घरमा सुरक्षित बसिरहेको बताएका छन्।

अभिनेता अमिरले यस समयमा पनि सबै सरकारी निमयको पालना गरिरहेका छन्।

प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, ‘मिस्टर अमिर खानलाई कोभिड–१९ संक्रमण भएको छ। उनी अहिले घरमा सुरक्षित र पूर्णरुपमा स्वस्थ रहेका छन्। उनको सम्पर्कमा आएका सबैलाई कोरोना भाइरस परिक्षण गर्न र सावधानीसँग रहन आग्रह छ।’

भारतमा कोरोना भाइरसविरूद्धको खोप लगाउने क्रम सुरु भएसँगै फिल्मी उद्योगमा सुटिङ गर्ने क्रम चलिरहेको थियो।

पछिल्लो समय मुम्बईमा कोरोना तिब्र गतिमा फैलिएपछि बलिउड अभिनेता–अभिनेत्री समेत संक्रमणको चपेटामा परेका छन्।

बलिउड अभिनेता रणवीर कपूरसमेत अघिल्लो साता कोरोना संक्रमित भएका छन्।

प्रकाशित मिति: : 2021-03-24 15:04:00

प्रतिकृया दिनुहोस्