नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सोमबार नेपालका लागि श्रीलंकाका राजदुत हिमाली अरुणा तिलकालाई भेटी नेपाली निर्माण उद्योगको पछिल्लो अवस्था र निर्माण प्रविधिबारे जानकारी गराएको छ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नेपाली निर्माण क्षेत्रका ऐन कानूनका सम्बन्धमा पनि राजदूत तिलकालाई जानकारी गरायो।
श्रीलंकाबाट नेपालमा हेभिइक्यिुप्मेन्ट निर्यात भएको खण्डमा दुई देशबीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विषयमा समेत भेटमा छलफल भएको थियो।
भेटमा राजदूत तिलकाले नेपाली निर्माण व्यवसायीहरूसँग मिलेर काम गर्न श्रीलंकाका निर्माण व्यवसायीहरू इच्छुक रहेको जानकारी गराएको महासंघले जनाएको छ।
दुई देशबीचको निर्माण व्यवसायका विविध पक्षबारे जानकारी आदान प्रदान गर्न चाँडै सेमिनार गर्ने समेत राजदूत तिलकाले बताए।
प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार ई. विरेन्द्रराज पाण्डे, महासचिव रोशनदाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी, प्रशासकिय अधिकृत शुवेक्षा सिंहल गायतको सहभागिता रहेको थियो।