अभिनेत्री श्वेता तिवारीद्वारा दोस्रो लोग्नेमाथि पनि घरेलु हिंसाको आरोप 

Photo - indiaTV
Photo - indiaTV

टिभी अभिनेत्री श्वेता तिवारी पुनः आफ्नो दोस्रो श्रीमान अभिनव कोहलीसँगको खराब सम्बन्धका कारण चर्चामा छिन्।

यी दुवै एकअर्कालाई आरोप–प्रत्यारोप लगाउँदै आइरहेका छन्।

४० वर्षीय अभिनेत्रीले हालै दिएको एउटा अन्तर्वार्तामा अभिनव उनको छवी बिगार्ने धम्की दिइरहेका छन्।

श्वेताले भनिन्, ‘जुन घरमा म बस्छु। त्यही बिल्डिङको लबीमा उसले मलाई भनेको थियो–एउटा महिलाको छवी खराब बनाउन कति नै समय लाग्छ, एउटा पोस्ट नै छवी बिगार्न पर्याप्त छ।’

उनले धम्की दिएको ५–६ दिनपछि अभिनवले उनीविरूद्ध सोसल मिडियामा लेख्न सुरु गरेका थिए। बलिउड बबलसँग कुराकानी गर्दै श्वेताले भनिन्, ‘उसले मेरो छवी बिगार्न जथाभावी पोस्ट गर्न थाल्यो।’

उनले यो घटनाले केटाकेटीको मानसिकतामा नराम्रो असर परेको बताइन्। उनले आफूले गलत मानिसलाई रोजेको दावी गरिन। उनले भनिन्, ‘छोरीले मलाई पिट्दै गरेको देखिन। उनले घरमा अन्य महिला आएको पनि देखिन्।’

श्वेताको दुई केटाकेटी छन्। छोरी पलक ६ वर्ष तथा छोरा रेयांश ४ वर्षका छन्। श्वेताले १९ वर्षको उमेरमा राजा चौधरीसँग बिहे गरेकी थिइन्।

जुन २००७ मा सम्बन्ध बिग्रिएको थियो। श्वेताले राजामाथि पनि घरेलु हिंसाको आरोप लगाएकी थिइन्।

पलक उनीहरूबाट जन्मिएकी थिइन्। २०१३ मा अभिनवसँग बिहे भएपछि रेयांशको जन्म भएको हो।

प्रकाशित मिति: : 2021-03-30 15:40:00

प्रतिकृया दिनुहोस्