अक्षयपछि गोविन्दालाई पनि कोरोना

Photo - onmanorama
Photo - onmanorama

अक्षय कुमारपछि हिरो नम्बर १ गोविन्दा पनि कोरोनाबाट संक्रमित भएका छन्।

बलिउडका चर्चित ५७ वर्षीय स्टारलाई आइतबार कोरोना भएको हो।

उनले न्युज एजेन्सीलाई जानकारी दिँदै भने, ‘मैले परिक्षण गराएको थिए। कोरोनाबाट बच्न सावधानी पनि अपनाएको थिए। अहिले मेरो रिपोर्ट पोजेटिभ आएको छ।’

गोविन्दाको रिपोर्ट पोजेटिभ आए पनि घरका अन्य सदस्य सकुशल छन्। श्रीमती सुनिता केही साताअघि मात्र कोभिडबाट बाहिरिएकी थिइन्।

‘म होम क्वारेन्टाइनमा छु। स्वास्थ्य सेवा लिइरहेको छु,’ गोविन्दाले भने। शनिबार मात्र ५३ वर्षीय स्टार अक्षय कुमारलाई कोरोना पोजेटिभ देखिएको थियो।

प्रकाशित मिति: : 2021-04-04 17:57:00

प्रतिकृया दिनुहोस्