एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता

वित्तीय पहुँच विस्तार हुँदै

पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ। वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो। चालू आर्थिक वर्ष २०७७÷७८ को बितेका आठ महिना (फागुन मसान्त)को अवधिमा आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता खोलेका छन्।

गत एक वर्षको अवधिमै ३६ लाख ६० हजार १ सय ८० जनाले निक्षेप तथा कर्जा खाता खोलेका छन्। चालू आवको साउनदेखि फागुन मसान्तसम्म ३ करोड ४६ लाख ७१ हजार ९ सय ४९ जनाले निक्षेप खाता खोलेका छन्। यसैगरी, १६ लाख २ हजार जनाले कर्जा खाता खोलेको राष्ट्र बैंकले जनाएको छ।

गत आवको फागुनसम्म २ करोड ९६ लाख १३ हजार ७ सय २७ वटा निक्षेप तथा कर्जा खाता खोलिएको थियो। सो खातामध्ये ३ करोड ११ लाख १२ हजारले निक्षेप खाता खोलेका थिए भने १४ लाख ९८ हजार ४ सय ६७ ले कर्जा खाता खोलेका थिए।

प्रकाशित मिति: : 2021-04-05 05:38:00

प्रतिकृया दिनुहोस्