राष्ट्र बैंककी निर्देशक सुष्माले जालसाजी गरी आफ्नै आमालाई सडकमा पुर्याइन् (भिडियोसहित)

कमल प्रभात

काठमाडौँ

नेपाली समाजका बुबा-आमाहरुले आफ्ना सन्तानलाई एउटा कथन खुब सुनाउँछन्, 'सानो छदा मर्ला भन्ने डर, ठुलो भएपछि मार्ला भन्ने डर!' 

ठिक यस्तै भयो ललितपुर निवासी शोभा रिजालको जीवनमा। 

नेपाल राष्ट्र बैंकको निर्देशकमा कार्यरत ललितपुर महानगरपालिका-२ सानेपाकी सुष्मा रिजाल रेग्मीले आफ्नी ८४ वर्षीया आमा शोभा रिजालको करोडौंको सम्पत्ति हड्पेर अलपत्र अवस्थामा छाडेकी छन्। 

आमाको सम्पत्ति किर्ते गरी आफ्नो नाममा पारी हेरचाह नगरेको उजुरी परेपछि राष्ट्र बैंककी निर्देशक सुष्मालाई आइतबार काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। निर्देशक सुष्माविरुद्ध आमा शोभा रिजालले उजुरी गरेकी थिइन्। 

आमाको हेरचाह नगरेको उजुरीका आधारमा सुष्मालाई जेष्ठ नागरिक ऐन २०६३ कसुर अन्तर्गत पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

‘८४ वर्षीया शोभा ९ महिना पहिलेदेखि छोरीले हेरचाह नगरेको उजुरी लिएर आउनु भएको थियो। पटक–पटक आफ्नो परिवारको कुरा मिलाउनु भनेर सल्लाह दिँदापनि नभएपछि सुष्मालाई पक्राउ गरेरै अनुसन्धान थालेका छौ’, एसएसपी सिंहले बिएल नेपाली सेवालाई जानकारी दिए। 



विदेशको सपना देखाएर ठगिको धन्दा चलाउदै कन्सल्टेन्सी, स्मिता र दीवश फरार



सुष्मा र उनका श्रीमान कमल रेग्मीमाथि पाठेघर क्यान्सरले थला परेकी शोभाको माछापुच्छ«े बैंक, श्रृजना फाइनान्स र अरनिको सहकारीमा भएको ३ करोडभन्दा बढी रकम कीर्ते हस्ताक्षर गरी निकालेको आरोप छ। 

विराटनगरको धनाढ्य परिवारमा हुर्किएकी शोभा रिजालका पति भूपेन्द्रप्रसाद रिजालको ०७५ साल मंसिर १ गते निधन भएको थियो। बाबुको मृत्यु अघिनै मोरङको करोडौं पर्ने जग्गा सुष्माले आफ्नो नाममा बनाइसकेकी थिइन्।

स्व.भूपेन्द्र र शोभाका गीता, सुस्मा, गंगा र नुतन गरी ४ छोरी छन्। त्यस्तै एक छोरा सुरेन्द्र रिजाल छन्। जेठी गीता अपांग छिन्। माइली सुष्मा राष्ट्र बैंककी निर्देशक। साँइली गंगा रिजाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ हुन्। त्यस्तै कान्छी नुतन रिजाल अमेरिका छिन्।

शोभा आफु पनि नेपाल सरकारको सहसचिवबाट अवकाश प्राप्त कर्मचारी हुन्। आफुसँग कारोडौंका सम्पति भएपनि सन्तानको कारण उनी अहिले औषधि उपचार गर्न नसक्ने अवस्थामा पुगेकी छिन्।

छोराले सामान्य पेन्सनले स्याहार गर्न नसक्ने बताएपछि उनी थप पीडामा पर्दै आएकी थिइन्। छोराले पहिलै अशंवण्डा गरी विराटनगरको सम्पत्ति नलिने शर्तमा बल्खुमा रहेको घर आफ्नो बनाईसकेका छन्।

सुष्माले बुबाआमा र अपांग दिदिको हेरचाह गर्ने शर्तमा करोडौँको सम्पति आफ्नो बनाएकी थिइन्। तर उनले बाबुको मृत्युपछि क्यान्सरपीडित आमा र अपांग दिदी गीतालाई सानेपास्थित घरबाट निकालिदिइन्।



प्रहरीकै अगाडि वडाध्यक्षमाथि आक्रमण, प्रहरीले मुद्धा दर्ता गर्न मानेन



सुष्माले सबै सम्पत्ति लिएर घरबाट निकालेपछि शोभा र उनकी अपांग छोरी गीता बल्खुस्थित छोरा सुरेन्द्रको घरमा शरण लिई बसिरहेका छन्। छोरा सुरेन्द्रले पनि सबै सम्पत्ति दिदी सुष्मालाई दिएको भन्दै आमा र दिदिलाई वास्ता गरेका छनैन्। 

स्व.भूपेन्द्रको नाममा रहेको मोरङको जग्गा, वित्तीय संस्थाहरूमा रहेको ३ करोडभन्दा बढी रकम हात पारेकी राष्ट्र बैंककी सुष्माले बुबा जीवित हुँदापनि २ करोडभन्दा बढी रकम लिएको शोभाले उजुरीमा उल्लेख गरेकी छन्।

सुष्माले आमाको सुन, चाँदी र विभिन्न वित्तीय संस्थाको सेयर, चेक, नागरिकता, वृद्धभत्ताको प्रमाणपत्रसमेत नदिई आमालाई अलपत्र पारेको कुरा उजुरीमा उल्लेख छ। 


थुनामै प्रहरीको चरम यातना, सात दिन सुत्न नदिई कुटे (भिडियो) 

प्रकाशित मिति: : 2021-04-05 22:20:00

प्रतिकृया दिनुहोस्